५ जेष्ठ २०७९, बिहिबार

विप्लव नेकपा निकट नेपाली जनप्रगतिशील मोर्चा, कतारको असन्तुष्ट पक्षद्धारा अध्यक्ष पोदारलाई कारवाही

प्रकाशित मिति :  28 March, 2020 9:14 am


काठमाण्डौं, १५ चैत। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट नेपाली जनप्रगतिशील मोर्चा, कतारमा विवाद चुलिएको छ ।

असन्तुष्ट पक्षले साजन गुरुङको अध्यक्षतामा गठन गरेको समानान्तर कमिटीले अध्यक्ष किशोर पोदार पक्षलाई कारवाही गरेको जनाएको छ । असन्तुष्ट पक्षका अध्यक्ष गुरुङ र महासचिव बिवेक मल्लले विज्ञप्ति जारी गर्दै किशोर पोदार सहितको पक्षलाई कारवाही गरेको छ ।

विज्ञप्तिमा भनिएको छ,‘मोर्चाको सातौ अधिवेशनद्धारा निर्वाचित अध्यक्ष जेपी किशोर पोदारलाई मोर्चाको कुनैपनि पदमा नरहने गरि कारवाही स्वारुप निष्काशन गरिएको यही प्रेस विज्ञप्ति मार्फत जानकारी गराउदछौं ।’

असन्तुष्ट पक्षले जारी गरेको विज्ञप्ति



प्रतिक्रिया दिनुहोस !