विप्लव नेतृत्व नेकपा रोल्पाकाे जिल्ला सम्मेलन भदौमा हुने
प्रकाशित मिति : 22 July, 2022 4:04 pm
रोल्पा । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको रोल्पा जिल्ला सम्मेलन भदौ १३ र १४ गते लिवाङमा हुने भएको छ ।
नेकपा रोल्पाको पाँचौ पूर्ण बैठकले जिल्ला सम्मेलनको मिति तय गरेको हो । साउन ४ र ५ गते बसेको बैठकले भाद्र ५ गतेसम्म गाउँपालिका तथा नगरपालिका कमिटिको सम्मेलन सम्पन्न गरिसक्ने रोल्पाका सेक्रेटरी दिनेश बिक्रम चन्दले जानकारी दिए ।
बैठकले संगठन बिस्तारमा बिशेष जोड दिँदै जन वर्गीय संगठन र विभागीय मोर्चाहरु गठन गर्ने र तहगत पार्टी कमिटि गठन गर्ने बताएको छ ।
राजनैतिक, आर्थिक, उत्पादन, सांस्कृतिक तथा सामाजिक कार्य, सूचना सञ्चार तथा प्रकाश लगायतका बिषयमा महत्वपूर्ण निर्णय भएको सेक्रेटरी चन्दले बताए ।








