३ पुस २०८२, बिहिबार

ललितपुर महानगरपलिकालाई राफ्ट इेलेक्ट्रिक स्कूटर हस्तान्तरण

प्रकाशित मिति :  22 July, 2022 6:18 pm


काठमाडौँ । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई इेलेक्ट्रिक प्रा.लि.ले ललितपुर महानगरपलिका लाई ५ थान राफ्ट इेलेक्ट्रिक स्कूटर हस्तान्तरण गरेको छ । स्कूटरहरू नगरपालिकाको एक कार्यक्रममा ललितपुर नगर प्रहरीलाई पुन : महानगरपलिकाले हस्तान्तरण गरेका हो ।

आइएमई इेलेक्ट्रिक प्रा.लि राफ्ट इेलेक्ट्रिक स्कूटरहरू नेपालको लागि आधिकारिक बिक्रेता हो । नगरपालिकालाई हस्तान्तरण गरिएको राफ्ट वारिअर भारतमा उत्पादन भएको हो । एक पटक फुल चार्जमा १०० कि मि रेन्जसम्म गूड्न सक्ने कम्पनीले जनाएको छ । अधिक्तम कि मि, बलियो बनावट साथै आधिक पर्फर्मेन्स दिनसक्ने भएकले सो स्कूटर खरिद गरिएको नगरपालिकाले बताएको छ ।

भारतमा उत्पादित राफ्ट स्कूटर, वारिअर साथै टीस्टा, इण्डुस, नुब्रा , जिस्पा समेत नेपालमा उपलब्ध मोडलहरू हुन । कि लेस स्टार्ट, रिमोट लक्किङ, रीवर्से गिएअर, थेफ्त अलर्म समेत रहेको छ । सेगमेटकै आधिक्तम ३२० कि मि रेन्ज दिन सक्ने स्कूटर पनि नेपाली बजारमा रहेको कम्पनीले बताएको छ ।

चिरिबाबु महर्जनका अनुसार नगर सुरक्षालाई व्यवस्थित गर्न र प्रभावकारी कार्य गर्न नगर प्रहरीलाई यस स्कूटर अझ सुबिधा हुने बताए । नगर प्रमुख सिताराम हाछेथुले क्विक रेस्पोन्स टिमले स्कूटरहरुलाई प्रयोग गर्ने र निरन्तर नगर व्यवस्थापनमा खटिन मद्दत पुग्ने बताए ।



प्रतिक्रिया दिनुहोस !