६ पुस २०८२, आइतबार

झापाको चियावगानमा एउटै रुखमा झुण्डिए ३ जना किशोरी

प्रकाशित मिति :  24 July, 2022 12:52 pm


काठमाडौं । झापाको एक चियावगानमा तीनजना किशोरी एउटै रुखमा भुण्डिएको अवस्थामा मृत फेला परेका छन् । झापाको कचनकवल गाउँपालिका–५, बेल्ले गाउँ स्थित सुनकोशी चिया बगानमा कार्यरत ३ किशोरी झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार पंचम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र वीरबल गणेशकी छोरी १६ वर्षीया कल्पना मृत अवस्थामा भेटिएका हुन् । उनीहरु बयरको रुखमा दुईजना डोरीको पासोमा र एक जना सलको पासोमा झुण्डिएको अवस्थामा फेला परेको र घटनाबारे अनुसन्धान भइरहेको झापाका प्रहरी नायब उपरिक्षक बसन्त पाठकले जानकारी दिए ।

चिया बगानमा मजदुरी गर्दै आएका उनीहरु शनिबार ११ बजेदेखि बेपत्ता थिए । प्रहरीले तीनै जनाको शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी गरेको र उनीहरुको हत्या हो कि आत्महत्या भन्ने विषयका अनुशन्धान भइरहेको डिएसपी पाठकले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !