७ पुस २०८२, सोमबार

भक्तपुरमा रुखले च्याप्दा बस र स्कुटरमा सवार तीन जनाको मृत्यु

प्रकाशित मिति :  24 July, 2022 2:26 pm


काठमाडौं । भक्तपुरको सल्लाघारीमा रुख ढल्दा बस र स्कुटरमा सवार तीन जनाको मृत्यु भएको छ ।

सल्लाको रुख ढलेर काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई च्याप्दा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।

घाइतेहरुको युवामोरा अस्पताल, भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल र मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !