पाल्पामा भएको बस दुर्घटनामा ६ जनाको मृत्यु, १६ जना घाइते
प्रकाशित मिति : 24 July, 2022 7:06 pm
रुपन्देही । पाल्पामा भएको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । रिब्दीकोट–२, लघुवामा भएको दुर्घटनामा छ जनाको मृत्यु र १६ जना घाइते भएका हुन् ।
तानसेन–रिडी–तम्घास सडक खण्डको लघुवामा आइतबार बेलुकी ५ बजेतिर बस दुर्घटना भएको हो ।
गुल्मीदेखि पाल्पा हुँदै बुटवलतर्फ जाँदै गरेको लु १ ज ५९५२ नम्बरको बस लघुवास्थित भीरबाट १५० मीटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । मृतकको पहिचान हुन बाँकी छ ।








