हुक्का फ्लेभर आयातमा ८ करोड रुपैँयाभन्दा बढि बाहिरियो
प्रकाशित मिति : 25 July, 2022 1:29 pm
काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा ८ करोड रुपैँया भन्दा बढिको हुक्का फ्लेभर आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार ६ देशबाट ८ करोड ७८ लाख १४ हजार रुपैँया बराबरको हुक्का फ्लेभर आयात भएको हो ।
चीन, हङकङ, भारत, इन्डोनेसिया, जोर्डन र अमेरिकाबाट हुक्का फ्लेभर आयात भएको छ । सबैभन्दा बढि फ्लेभर भारतबाट र सबैभन्दा कम हङकङबाट आयात भएको छ । नेपालले हुक्का फ्लेभर १ लाख किलोभन्दा बढि आयात गरेको भन्सार विभागले जनाएको छ ।








