चितवनको भरतपुर महानगरपालिकामा साइकल खरिद गर्दा चलखेल
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा साइकल खरिद गर्दा चलखेल गरेको देखिएको छ ।
महालेखा परीक्षकको प्रतिवेदन २०७९ ले साइकल गरिद गर्दा कैफियत देखाएको हो । महानगरपालिकाले विपन्न पारिवारका बालबालिकालाई विद्यालय आउजाउका लागि सहयोग पु¥याउन ३३३ थान सइकल वितरणका लागि बजेटको व्यवस्था गरेको थियो ।
मुल्यअभिवृद्धि कर समेत २१ लाख ९४ हजार ३ सय ३ रुपैयाँको लागत अनुमान गरेर महानगरपालिकाले ठेक्का आव्हान गरेको थियो । लागत अनुमान गरेभन्दा २१ लाख २९ हजार ८ सय कबेल गर्ने डिआर साइकल स्टोरको बोलपत्र स्विकृत भएको थियो । तर, ठेक्का आव्हान गर्दा नै साइकलको स्पेशिफिकेशन बनाउनदा ‘इण्डियन लेडिज साइकल एएफआरओ कम्पनी अल इट्स इक्कुभ्यालेन्ट कम्पनी’ भनेर उल्लेख गरेको पाइएको छ ।
महालेखाले कम्पनी नै उल्लेख गरी तयार गरेको स्पेसिफिकेशनबाट प्रतिस्प्रधि खरिद हुने नदेखिएको औंल्याएको छ । महालेखाको प्रतिवेनमा भनिएको छ,“ खरिद भएका साइकल वितरणका लागि विद्यार्थी छनौटको पारदर्शी आधार कामय गरेको छैन ।”
वितरणको भरपाई समेत भुक्तानी भौचरका साथ सामावेश नगरेको प्रतिवेदनमा उल्लेख छ ।








