गण्डकी प्रदेशमा सवारी साधनको कर वृद्धि
काठमाडौं । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको लागि सवारी साधन कर बढाएको छ । चालु आर्थिक वर्षका लागि तिर्नुपर्ने कर अघिल्लो वर्षको भन्दा बढी भएको हो ।
यस अनुसार अब १२५ सीसी सम्मका मोटरसाइकलको कर ३ हजार रुपैँया, १२६ देखि १५० सीसी सम्म ५ हजार रुपैँया, १५१ देखि २२५ सीसी सम्म ६ हजार ५ सय रुपैँया र २२६ देखि ४ सय सीसी सम्मका मोटरसाइकलको कर ११ हजार रुपैयाँ तोकिएको छ । ४०१ देखि ६५० सीसी सम्म २० हजार रुपैँया र ६५० सीसी भन्दा माथिका मोटरसाइकलले ३० हजार रुपैँया कर तिर्नु पर्नेछ।
निजी सवारी साधनमा १००० सीसी सम्म २२ हजार रुपैँया कर तिर्नु पर्ने व्यवस्था छ । त्यसैगरी १००१ देखि १५०० सीसी सम्म २५ हजार रुपैँया, १५०१ देखि २००० सीसी सम्म २७ हजार रुपैँया र २००१ देखि २५०० सीसी सम्म ३७ हजार रुपैयाँ कर तिर्नु पर्छ ।
त्यसैगरी २५०१ देखि ३००० सीसी सम्म ५० हजार रुपैँया, ३००१ देखि ३५०० सीसी सम्म ६० हजार रुपैँया र ३५०० सीसी भन्दा माथिकाले ६५ हजार रुपैँया कर तिर्नु पर्छ ।
त्यसैगरि इलेक्ट्रिक सवारी साधनको हकमा इलेक्ट्रिक मोटरसाइकल वा स्कुटरमा ३५० वाट देखि १००० वाट सम्म १ हजार रुपैँया, १००० भन्दा माथि १५०० वाट सम्म २ हजार रुपैँया र १५०० वाट माथिका मोटरसाइकल स्कुटरले २ हजार रुपैयाँ कर तिर्नु पर्छ ।
त्यसैगरी इलेक्ट्रिक कार, जिप, भ्यान वा माइक्रोले ५० किलोवाट देखि १२५ किलोवाट सम्म भए १० हजार रुपैँया, १२५ किलोवाट माथि २०० किलोवाट सम्म १५ हजार रुपैँया र २०० किलोवाट माथिकाले २० हजार रुपैयाँ कर तिर्ने व्यवस्था गरिएको छ ।








