५ जेष्ठ २०८१, शनिबार

कसरी हेर्ने एसईईको नतिजा ?

प्रकाशित मिति :  26 July, 2022 7:04 pm


काठमाडौं । नेपाल टेलिकमले एसईईको परीक्षाको परीक्षफल हेर्न विभिन्न माध्यमबाट व्यवस्था गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले प्रकाशित गरेको २०७८ सालको एसईई परीक्षाको परीक्षाफल कल गरेर , एसएमएस तथा वेबसाइट मार्फत प्राप्त गर्न सकिने जनाएको छ ।

कल गरेर – नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइल र सीडीएमएबाट १६०० डायल गरी प्राप्त निर्देशनका पालना गरी नतिजा थाहा पाउन सकिने छ ।

एसएमएस – मोबाइलको म्यासेज बक्समा अंग्रेजीमा एसईई लेखेर एक स्थान छाडी अल्फाबेट सहितको सिम्बल नम्बर टाइप गरी १६०० मा पठाएमा आवश्यक जानकारी प्राप्त हुनेछ ।

वेबसाइट – नेपाल टेलिकमको वेबसाइट मार्फत मार्कसिटसहितको नतिजा प्राप्त गर्न सकिनेछ ।

कम्पनीले उपलब्ध गराएको नतिजा जानकारीको लागि मात्र रहेको छ। प्रमाणिक विवरण रेकर्ड सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयको अभिलेखमा हुनेछ । परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरे पश्चात् परीक्षाफल हेर्न सकिनेछ ।



प्रतिक्रिया दिनुहोस !