१६ चैत्र २०८०, शुक्रबार

सुनकोशी गाउँपालिकामा ऐन बाहिर गएर करारका कर्मचारी भर्ना, ५० लाख बढि भुक्तानी

प्रकाशित मिति :  27 July, 2022 3:47 pm


सिन्धुली । सुनकोशी गाउँपालिकाले ऐनभन्दा बाहिर गएर करारका कर्मचारी राखेको महालेखा परिक्षकले औंल्याएको छ । महालेखा परिक्षकले सार्वजनिक गरेको वार्षिक प्रतिवदेन अनुसार गाउँपलिकाले ऐन बाहिर गएर कर्मचारी भर्ना गरेको उल्लेख गरेको छ ।

ऐन अनुसार पालिकाले नगरप्रहरी सवारी चालक, कार्यलय सहयोगी, प्लम्बर, इलेक्ट्रिसियन, चौकीदार, मालि, बँगैचे लगायतका पदमामात्र करारबाट सेवा लिन सकिने व्यवस्था गरेकोमा पालिकाले अनावश्यक कर्मचारी करारमा भर्ति गरेको महालेखा परिक्षकले उल्लेख गरेको छ ।

पालिकाले त्यसपद बाहेक मनो सामाजिक परामर्शदाता पदमा ८ जना, इन्जिनियर ३ जना, सहायक पाँचौं ४ जना, सहायक चौथो १३ जना स.क.अ. ६ जना गरी ३४ जना नियुक्ती एक वर्षमा १ करोड ५ लाख ७० हजार ६१० रुपैँया भुक्तानी गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा करारमा कर्मचारी दरवन्दीभन्दा बाहिर अन्यरुपमा कर्मचारी राखी तलबभत्ता वा परिश्रमिक भुक्तानी गर्न नमिल्ने उल्लेख गरेको छ । पालिकाले करारमा कर्मचारी राख्न नमिल्लने कम्प्युटर अपरेटर, अ.हे.व, अनमी र मनोपरामर्शदातालाई ५० लाख ५६ हजार ३० रुपैँया खर्च गरेको महालेखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !