१७ बैशाख २०८१, सोमबार

एसईईको नतिजा सार्वजनिक : ३.६ देखि ४ जीपीए ल्याउनेको संख्या ९६३३

प्रकाशित मिति :  27 July, 2022 5:00 pm


काठमाडाैं । यस वर्षको एसईई परीक्षाको नतिजा आज सार्वजनिक भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा यस वर्ष परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बुधबार बसेको बोर्डको बैठकले कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको हाे। बोर्डका अनुसार नन ग्रेड ल्याउनेको संख्या ४.५५ रहेको छ भने ०.८१ देखि १.२ जीपीए ल्याउनेको संख्या ०.६६ प्रतिशत रहेको छ ।

यस्तै १.२१ देखि १.६० जीपीए ल्याउनेको संख्या ९ प्रतिशत, १.६१ जीपीएदेखि २.० जीपीए ल्याउनेको संख्या २०.२९ प्रतिशत, २.०१ देखि २.४ जीपीए ल्याउनेको संख्या २२.७४ प्रतिशत, २.४१ देखि २.८० जीपीए ल्याउनेको संख्या १८.३१ प्रतिशत रहेको छ ।

२.८१ देखि ३.२ जीपीए ल्याउनेको संख्या १४.१३ प्रतिशत र ३.२१ देखि ३.६ जीपीए ल्याउनेको सख्ंया १.४ प्रतिशत रहेको परीक्षा नियन्त्रक अर्यालले बताए ।

स्थानीय तहको निर्वाचनका कारण यस वर्ष एसइईको नतिजा सार्वजनिक हुनमा ढिलाई भएको हो । कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।

बोर्डका अनुसार परीक्षामा ४ लाख ९५ हजार ७५१ जना विद्यार्थी सहभागी भएका थिए । कोभिड १९ महामारीका कारण दुई वर्षपछि कक्षा १० का विद्यार्थीले बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा भौतिक परीक्षा दिएका हुन् ।

यसरी सजिलै हेर्नुहोस् नतिजा

एसईईको नतिजा राष्ट्रिय परीक्षा बोर्ड, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय कक्षा १०, नेपाल टेलिकम लगायतको वेबसाइटबाट तथा एसमएमएस र आईभीआरबाट पनि हेर्न सकिनेछ ।

साथै नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालिमा सर्टकोड हालेर नतिजा हेर्ने सकिनेछ । त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, स्प्यारो पे प्राली, निमा एडुकेशन फाउण्डेशन, कान्तिपुर पब्लिकेशन, द कनेक्ट प्लस प्राली, इडीयु सञ्जाल र रिडर्स पोइन्ट प्रालीले पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !