१४ बैशाख २०८१, शुक्रबार

पूर्व गृहराज्य मन्त्री बास्कोटाको आत्मकथामा आधारित कृति ‘निष्ठाको यात्रा’ लोकार्पण हुँदै

प्रकाशित मिति :  27 July, 2022 5:49 pm


काठमाडौं । पूर्व गृहराज्य मन्त्री डा. दीपकप्रकाश बास्कोटाको आत्मकथामा आधारित निष्ठाको यात्रा कृति लोकार्पण हुने भएको छ ।

राष्ट्रिय सहकारी विकास बोर्डका प्रथम अध्यक्ष, राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष तथा नेपाल महर्षि वैदिक फाउण्डेशनका अध्यक्ष एवं भावातीत ध्यान नेपालका प्रवर्द्धक समेत रहेका बास्कोटाकाे उक्त कृति साउन १२ राष्ट्रिय सभागृहमा लोकार्पण हुने भएको हाे ।

नेपालमा अर्गानिक चिया खेतीको समेत सुरूवात गरेको बास्कोटाले पाँचथरका किसानलाइ समेटेर सहकारी ढाँचामा अर्गानिक चिया खेतीको सुरूवात गरेका थिए ।

नेपाली कांग्रेसबाट गृहराज्य मन्त्री भएका बास्कोटा पछिल्लो समय समाजसेवामा सक्रिय छन् ।



प्रतिक्रिया दिनुहोस !