१२ श्रावण २०८१, शनिबार

काठमाण्डौंमा लकडाउन उल्लंघन गर्ने २१० व्यक्ति र ७४ सवारी साधन प्रहरी नियण्त्रणमा

प्रकाशित मिति :  28 March, 2020 10:59 am


काठमाण्डौं, १५ चैत।

काठमाण्डौंमा लकडाउन उल्लंघन गर्ने २१० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले जारी गरेको आदेशलाई बेवास्ता गर्ने १० महिलासहित उनीहरुलाई काठमाडौँको विभिन्न ठाँउबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलले जानकारी दिए । ७० मोटरसाइकल र पाँच वटा चारपाङ्ग्रे गाडीलाई समेत नियन्त्रणमा लिएको उनको भनाई छ ।

प्रहरीले बिहान ८ बजेसम्मको समयमा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

विश्वव्यापीरूपमा कोरोना भइरसको महामारी बढ्दै गएपछि सरकारले यही चैत ११ गतेबाट लागू हुने गरी चैत १८ गते बिहान ६ बजेसम्म अत्यावश्यकबाहेक बाहिर ननिस्कन आदेश जारी गरेको थियो । तर आदेश उल्लघंन गर्नेक्रम रोकिएको छैन ।



प्रतिक्रिया दिनुहोस !