ब्राउन सुगर सहित अर्घाखाँचीमा ३ जना प्रकाउ
अर्घाखाँची । लागू औषध ब्राउन सुगर सहित अर्घाखाँचीमा ३ जना प्रकाउ परेका छन् ।
जिल्लाको शितगंगा नगरपालिका वडा नं. ८ सातमारा स्थित सुपादेउराली मन्दिरमा लागू औषध सेवन गरेको अवस्थामा ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय ठाडा अर्घाखाँची र अस्थायी प्रहरी चौकी सातमारा अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीले असार ११ गते राति ९ बजेर १५ मिनेटको समयमा दाङको राप्ती गाउँपालिका वडा नं. १ का सन्तोष केसी, खुम बहादुर केसी, रोशन श्रेष्ठलाई लागू औषध सेवन गरी रहेको अवस्थामा प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।
उनीहरुको शरीर खानतलासी गर्दा लागू औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो गिलो पदार्थ तौल गर्दा ६० मिली ग्राम र लागू औषध सेवन गर्दा प्रहोग गरिने व्लेटको टुक्रा २ थान, सानो प्लेट १ थान र लाईटर १ थान सहित पक्राउ गरिएको पौडेलको भनाई छ ।
प्रकाउ परेका व्यक्तीहरु लागू औषध मुद्दामा जिल्ला अदालत अर्घाखाँचीबाट सात दिन म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको प्रहरी निरीक्षक पौडेलको भनाई छ ।








