१५ बैशाख २०८१, शनिबार

भारतमा एकैदिन थपिए २० हजार बढि कोरोना संक्रमित

प्रकाशित मिति :  29 July, 2022 3:16 pm


नयाँदिल्ली । पछिल्लो २४ घण्टामा भारतको विभिन्न भागमा २० हजार भन्दा बढी कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ।

यस समयमा २० हजार ४०९ थप व्यक्तिमा कोरोना देखिएपछि भारतमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३९ लाखमा ७९ हजार सात सय ३० पुगेको छ।

देशभर एक लाख ४३ हजार नौ सय ८८ सक्रिय सङ्क्रमित छन्। पछिल्लो एक दिनको अवधिमा १९ हजार दुई १६ सङ्क्रमणमुक्त भएका छन्।

योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३२ लाख ८६ हजार सात सय ८७ पुगेको छ।

कोरोना सङ्क्रमणबाट पछिल्लो एकदिनमा ४७ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट पाँच लाख २६ हजार दुई सय ५८ जनाको मृत्यु भएको छ।

महामारी शुरु भएयता ८७ करोड ४० लाखभन्दा बढीको परीक्षण गरिएको छ। सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९ विरुद्ध खोप अभियान जारी छ। एनआई



प्रतिक्रिया दिनुहोस !