१९ मंसिर २०८२, शुक्रबार

प्रधानसम्पादक बुढाथोकी इन्जा खोजी पत्रकारिता पुरस्कारद्वारा पुरस्कृत

प्रकाशित मिति :  30 July, 2022 4:15 pm


काठमाडौं। बोधी सञ्चार प्रा.लि.(टक्सार मिडिया ग्रुप) द्वारा प्रकाशित टक्सार आर्थिक म्यागजिन तथा लुम्बिनीसञ्चारडटकमका प्रधान सम्पादकलाई इन्जा खोजी पत्रकारिता पुरस्कार द्वारा पुरस्कृत गरिएको छ । शनिबार काठमाडौंमा आयोजिन एक कार्यक्रमकाबीच नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले पुरस्कृत गरेको हो ।

सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीबाट पुरस्कृत गरिएकाे हाे । अमेरिकाको राजधानी वाशिङटनमा मुख्यालय रहेको इञ्जा खोजी पत्रकारिता पुरस्कारको राशि एक हजार अमेरिकी डलर रहेको छ ।

सन् २०२१ नेपालबाट प्रकाशित तथा प्रसारित खोजी समाचारहरुमध्येबाट बुढाथोकीको नेतृत्वको टक्सार म्यागजिनले कोकाकोला कम्पनीको करछलीको विषयलाई उजागर गर्ने लगायतका खोजी पत्रकारिता गरेवापत पुरस्कारका लागि छनोट गरिएको हो ।

बुढाथोकीले कोकाकोलाले स्वामित्व किनबेच हुँदा नेपाल सरकारलाई तिर्नुपर्ने आयकर, आकस्मिक लाभकर, पुँजीगत लाभकर छलीका चक्रबारे विस्तृत तहगत खोज गरी नेपाल सरकारको अनुसन्धान प्रक्रियामा विशेष योगदान गरेकोमा पुरस्कृत गरिएको इन्जाले जनाएको छ । हाल कोकाकोला विरुद्ध करछलीको मुद्दा चलिरहेको छ ।

नेपाल समाचारपत्र दैनिक, काराेबार दैनिक लगायतका मिडियामा काम गरिसकेका पत्रकार बुढाथाेकीले २७ वर्षदेखि नेपालकाे आर्थिक पत्रकारितामा सक्रिय छन्। इन्जाले अन्य विधामा पुरस्कृत सबैलाइ सनिवार नै पुरस्कृत गरेकाे छ ।

यस बर्षको इन्जा ग्रामीण पत्रकारिता पुरस्कार सप्तरीकी दीपा कर्ण र सिन्धुपाल्चोकको मेलम्ची रेडियोलाई प्रदान गर्ने निर्णय गरेको गरिएकाे छ । जनही पचास पचास हजार राशी सहित पत्रकार कर्ण र मेलम्ची रेडियोलाई  पुरस्कृत गरिएकाे हाे ।

कोककाे करछली प्रकरणको एकमुष्ट रिपोर्ट यहाँ हेर्न सकिन्छ:

https://taksarnews.com/?e_paper=coca-cola-tax-fraud



प्रतिक्रिया दिनुहोस !