काठमाडाैं नागार्जुनमा विद्यालयबाट घर फर्कदै गरेका बालकको खोलाले बगाएर मृत्यु
काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर ७ मा विद्यालय बाट घर फर्कदै गरेका बालकको खोलाले बगाएर मृत्यु भएको छ ।
माइस्टोन युथ इङ्गलिश स्कुलमा कक्षा सातमा अध्ययनरत १४ वर्षीय बालक मनिस साहीको आइतबार मनमती खोलाले बगाएर मृत्यु भएको हो । विद्यालय छुट्टी भएर साथीसंग घर फर्कने क्रममा खोला तर्न लाग्दा बगाएर मृत्यु भएको वडा नम्बर ८ का अध्यक्ष सुरज पोखरेलले जानकारी दिए ।
रामकोटको महांकाल मन्दिर नजिकै रहेको मनोमति खोलामा अत्याधिक वर्षाको कारण खोलाको सतह ठूलो भएकोले शाहीलाई बगाएर लगेको अध्यक्ष पोखरेलको भनाई छ ।
स्थानीयले देखेर उद्धार गर्न लाग्दा झोला मात्रै हातमा आएको र बालकलाई तिव्र गतिमा बगाएको प्रत्यक्षदर्शीले जानकारी दिए । बगाएको झण्डै एक घण्टा पछि ५ किलोमिटरको दुरीमा रहेको वडा नम्बर ६ र ७ को दोभान शाहीलाई मृत अवस्थामा अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।








