४ पुस २०८२, शुक्रबार

नेकपाका महासचिव विप्लवसहित शिर्ष नेता विरुद्ध ललितपुर जिल्ला अदालतद्वारा पक्राउ पुर्जी जारी

प्रकाशित मिति :  1 August, 2022 8:49 am


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित नेता विरुद्ध जिल्ला अदालत ललितपुरले पक्राउ पुर्जी जारी गरेको छ ।

अदालतले सोमबार विप्लव,प्रकाण्ड, सन्तोष बुढामगर,भरतबहादुर बम, नविन विश्वकर्मा नेकपा बहुमतका संयोजक धमेन्द्र बास्तोला, दिपक चलाउने, लगायतका नेता विरुद्ध हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको मुद्दा, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्दा लागेको भन्दै पक्राउ पुर्जी जारी गरेको हो।

३५ दिने पक्राउ पुर्जी जारी गरिएको ललितपुर जिल्ला अदालतले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !