आन्तरिक राजस्व कार्यालयकी कम्प्युटर अधिकृत विन्दु घुस लिएको आरोपमा कार्यालयबाटै पक्राउ
प्रकाशित मिति : 3 August, 2022 6:49 pm
काठमाडौं । आन्तरिक राजस्व कार्यालय, महाराजगंज काठमाडौंमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा पक्राउ गरेको छ ।
कम्प्युटर बिलिङको सफ्टवयर स्वीकृतिको लागि सेवाग्राहीसँग तीस हजार रुपैयाँ घुस लिएको आरोपमा श्रेष्ठलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
विन्दुले सेवाग्राहीबाट तीस हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा उक्त रकमसहित कार्यालयबाटै पक्राउ गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जनाएका छन् ।








