विप्लव नेतृत्वको नेकपा सल्यानका नेता लोकमान केसी मृत फेला
प्रकाशित मिति : 4 August, 2022 11:54 am
दाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सल्यानका नेता लोकमान केसी(लोकपाल) मृत फेला परेका छन् ।
पार्टीको विशेष कमिटीका सदस्य तथा पूर्व जिल्ला इन्चार्ज केसी बागचौर नगरपालिका–१० मोख्ला नजिकै धान खेतमा मृत भेटिएका हुन् । छत्रेस्वरी गाउँपालिका–४ भिम्पे ठूलीखर्क केसी धान खेतमा घोप्टो परेको अवस्थामा मृत भेटिएकको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
केसी मृत अवस्थामा फेला परेको खबर पाएपछि अहिले घटनास्थलमा प्रहरी पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सन्तोष खनालले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको उनको भनाई छ ।








