३० बैशाख २०८१, आइतबार

गल्फ लुब्रिकेन्टको डिलर मिट कार्यक्रम सम्पन्न

प्रकाशित मिति :  4 August, 2022 5:11 pm


काठमाडौं । गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले आफ्नो डिलर मिट सम्पन्न गरेको छ । “च्यालेनज आइजीनाइस सक्सेस’’ भन्ने नाराका साथ कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले भने,“विगत केही वर्षदेखि बाह्य कारणले गर्दा व्यवसायहरूले एक वा अर्को समस्याको सामना गर्दै आएका छन् । यो चुनौतीपूर्ण समयमा पनि हाम्रा डिलरहरूको अथक प्रयासको कारण हामी नेपालकै सर्वाधिक बिक्रि हुने ब्रान्ड भएका छौँ ।’’

दुई दिने उक्त कार्यक्रममा नेपालभरी रहेका ५० भन्दा धेरै डिलर, गल्फ आयल इन्टरनेशनल, गल्फ आयल इंडिया र नेपाल ल्युब आयल लिमिटेडका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न बिधामा सर्वोत्कृष्ट डिलरहरुलाई सम्मान पनि गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !