६ पुस २०८२, आइतबार

नेकपा(क्रान्तिकारी माओवादी) र नेकपा(बहुमत)बीच पार्टी एकीकरण हुने, एकता संयोजन समिति गठन

प्रकाशित मिति :  5 August, 2022 11:28 am


काठमाडौं । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत)बीच पार्टी एकीकरण गर्ने सहमति भएको छ । पार्टी एकताका लागि एकता संयोजन समिति समेत गठन भएको छ ।

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव बैद्य र नेकपा (बहुमत)का संयोजक धमेन्द्र बास्तोलाले आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पार्टी एकीकरण प्रकृयाबारे जानकारी गराएका हुन् ।

संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ,“आज नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) तथा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का दुवै नेतृत्व सहित वार्ता टोलीहरूका बीच संयुक्त बैठक बस्यो ।

ब्यापक छलफल पछि सो बैठकले पार्टी एकतालाई अगाडि बढाउने निर्णय गरी सो प्रक्रियालाई गति दिनका लागि पार्टी एकता संयोजन समिति गठन गरेको छ ।” नेकपा (बहुमत) विप्लव नेतृत्वको नेकपाबाट केही समय अघि मात्रै विभाजित भएर गठन भएको पार्टी हो ।



प्रतिक्रिया दिनुहोस !