५ पुस २०८२, शनिबार

पाँच दलबीच संघ र प्रदेश निर्वाचनमा गठबन्धन गरेर जाने सहमति

प्रकाशित मिति :  5 August, 2022 12:51 pm


काठमाडौं । पाँच राजनीतिक दलबीच संघ र प्रदेशको निर्वाचनमा पनि गठबन्धन गरेर जाने सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा संघ र प्रदेशको चुनावमा पनि गठबन्धन गर्ने सहमति भएको हो ।

स्थानीय निर्वाचनमा गठबन्धन गरेका नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबीच आगामी चुनावमा पनि गठबन्धन गरेर जाने सहमति भएको छ ।

सरकारले आगामी मंसिर ४ गते देशभर एकैचरणमा चुनाव गर्ने घोषणा गरेको छ ।



प्रतिक्रिया दिनुहोस !