७ बैशाख २०८१, शुक्रबार

महालेखाले प्रश्न उठाउँदा पनि टेरेन लुम्बिनी प्रदेश सरकारले, ‘क्षेत्राधिकार बाहिर गएर’ मोटरसाईकल वितरण

प्रकाशित मिति :  5 August, 2022 1:18 pm



काठमाडौं । महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाउँदा उठाउँदै पनि लुम्बिनी प्रदेशको आन्तरिक तथा मामिला मन्त्रालयले प्रहरीलाई मोटर साईकल वितरण गरेको छ ।

लुम्बिनी प्रदेश सरकारले बिहीबार मात्रै प्रदेशका १२ वटै जिल्लाका ट्राफिक प्रहरीलाई १६ वटा मोटरसाईकल दिएको छ । हिजो बुटवलस्थित प्रदेश ट्राफिक प्रहरी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी लुम्बिनी प्रदेश सरकारका आन्तिरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले प्रदेश प्रहरी प्रमुख नलप्रसाद उपाध्यायलाई मोटरसाईकल हस्तान्तरण गरे ।

मन्त्रालयले ४४ लाख ९४ हजार ४ सय मूल्यका मोटरसाईकल प्रहरीलाई प्रदान गरेको मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले जानकारी दिएका छन् ।

तर, महालेखा परीक्षकको प्रतिवेदन–२०७९ ले यसरी मोटरसाईकल वितरण गर्नु क्षेत्राधिकार भन्दा बाहिरको भन्दै प्रश्न उठाएको छ ।

प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/०८८ मा मात्रै आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ५० थान मोटरसाईकल वोलपत्रमार्फत १ करोड १३ लाख ८९ हजारमा खरिद गरेर प्रदेश मन्त्रालयको कार्यक्षेत्रबाहिरका सशस्त्र प्रहरी बल विन्ध्यावासिनीलाई १०, प्रदेश प्रहरी कार्यालय दाङलाई ३५, लुम्बिनी ट्राफिक प्रहरी कार्यालयलाई १ थान हस्तान्त्रण गरेको जनाएको छ ।

महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको विषय

बाँकी ४ वटा मन्त्रालयमै प्रयोग भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएको छ,“ प्रदेश मन्त्रालयले आफ्नो बजेटबाट खरिद गरी संघीय कार्यालयमा वितरण गर्ने कार्य क्षेत्राधिकार बाहिरको देखिन्छ । यसरी खर्च गर्न मिल्ने आधार देखिदैन ।”



प्रतिक्रिया दिनुहोस !