१४ बैशाख २०८१, शुक्रबार

चीनले न्यान्सी पेलोसी र उनको परिवारका सदस्यमाथी प्रतिबन्ध लगायो

प्रकाशित मिति :  5 August, 2022 3:48 pm


बेइजिङ । चीनले अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी र उनको परिवारका सदस्यमाथि प्रतिबन्ध लगाएको छ ।

हालै पेलोसीले ताइवानको भ्रमण गरेपछि चीन आक्रशित हुँदै ताइवान वरपरका क्षेत्रमा लगातार सैन्य अभ्यास गरिरहेको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीले एक विज्ञप्ति जारी गर्दै पेलोसीले ‘चीनको आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप गरेको र चीनको एक चीन नीतिलाई अवमूल्यन गरेको, चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई कमजोर बनाएको ’ र ताइवानको क्षेत्रको शान्ति र स्थिरतालाई नोक्सान पुर्याएको बताए ।

चीनले ताइवानलाई आफ्नो हिस्सा ठान्छ तर ताइवानले भने आफूलाई स्वतन्त्र देश ठान्छ ।

अर्कोतर्फ न्यान्सी पेलोसी आफ्नो एसियाली भ्रमणको अन्तिम बिन्दुका रुपमा शुक्रबार जापान पुगेकी छिन् ।

यहाँ उनले पत्रकार सम्मेलनमा आफ्नो ताइवान भ्रमणको उद्देश्य यथास्थिति परिवर्तन गर्नु नभएको स्पष्ट पारिन् । पेलोसीले अमेरिकाले ताइवानलाई कहिल्यै एक्लो हुन नदिने बताएकी छन् ।



प्रतिक्रिया दिनुहोस !