५ पुस २०८२, शनिबार

पोखरा महानगर भित्रका बैंकले ४ वर्षसम्म तिरेनन् व्यवसाय कर, जरिवानासहित असुल गर्न निर्देशन

प्रकाशित मिति :  5 August, 2022 6:10 pm


काठमाडौं । पोखरा महानगर भित्र संचालन भएका क वर्गका बैंकले नै व्यवसाय कर बुझाएका छैनन् । महालेखाको ५९ औं प्रतिवेदन अनुसार १० वटा ‘क’ वर्गका बैंकका शाखा कार्यालयहरुले पोखरा महानगरलाई व्यवसाय २०७७/०७८ असार मसान्त सम्म बुझाई सक्नपर्ने कर बुझाएका छैनन् ।

महानगरपालिका भित्रका क श्रेणीका वाणिज्य बैंक प्रति शाखा व्यवसाय कर वापत रु १५ हजार बुझाउनुपर्नेमा स्टार्डड चार्टर बैंक शाखा वडा नं.६ र लक्ष्मि बैंक लिमिटेड शाखाले ४ वर्ष सम्मको व्यवसाय कर तिरेका छैनन् ।

यी दुई शाखाहरुबाट जरिवानासहित ६९ हजार रुपैयाँका दरले राजश्व असुल गर्न महालेखाले निर्देशन दिएको छ । अन्य ८ वटा बैंकका शाखा कार्यलयहरुबाट प्रति बैंक जरिवाना सहित एक वर्षको व्यवसाय कर १७ हजार २५० रुपैयाँ गरी २ लाख ७६ हजार २ सय ५० रुपैयाँ राजश्व असुल गर्न महालेखाले भनेको छ ।

वेब सर्चको आधारबाट हेर्दा अन्य कतिपय वाणिज्य बैंकको शाखा समेत महानगरपालिकाको व्यवसाय करको दायरामा नआएको देखिन्छ । एभरेष्ट बैंकको अमरसिंह र लेखनाथको शाखा, त्यस्तै लक्ष्मि बैंकको शाखाहरु पोखरा ईन्डिष्टियल क्षेत्रभित्र चिप्लेढुंगा, अमरसिंह लेखनाथ क्षेत्रमा खुलेको शाखाले व्यवसाय कर नतिरेको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक ऐन २०७७ को दफा ५ (१) मा अनुसुची ८ बमोजिम व्यवसाय कर लगाई असुल उपर गरिने र सोही ऐनको १६ (१) मा अनुसुची १८ बमोजिम दण्ड जरिवाना गरिने उल्लेख छ ।

व्यवसाय कर नबुझाउने बैकका शाखा कार्यालयहरु



प्रतिक्रिया दिनुहोस !