चीनको राष्ट्रिय एकताप्रति बाधा हुने गतिविधिमा हाम्रो विरोध रहन्छ : नेकपा (माओवादी केन्द्र)
प्रकाशित मिति : 5 August, 2022 8:56 pm
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले ताइवान घटनाबारे धारणा सार्वजनिक गर्दै ‘एक चीन नीति’ प्रति प्रतिबद्धता जनाएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले ताइवानमा घटित पछिल्ला घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि चीन आक्रोशित छ ।
चीनले नेपालको समर्थन खोजिरहेका बेला नेकपा (माओवादी केन्द्र)ले आफ्नो पार्टी ‘एक चीन नीति’ प्रति प्रष्ट रहेको जनाएको छ । प्रचण्डको सचिवालयले भनेको छ, “हाम्रो देश नेपाल र हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) एक चीन नितिप्रति प्रष्ट छ ।
चीनको राष्ट्रिय एकताप्रति बाधा हुने कुनै पनि गतिविधिप्रती हाम्रो विरोध रहन्छ ।”








