५ पुस २०८२, शनिबार

रोल्पाको रुन्टीगढीमा एक महिलाको शव भेटियो

प्रकाशित मिति :  6 August, 2022 8:17 pm


रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं. ६ निगालपानी सामुदायिक वन क्षेत्रमा एक महिलाको शव भेटिएको छ ।

रुन्टीगढी गाउँपालिका वडा नं. ६ कि ४४ वर्षकी पानसरी घर्तीमगरको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

हिजो बिहान वनमा दाउरा काट्न गएकी घर्ती बेलुकासम्म नफर्केपछि खोज्ने क्रममा शव भेटिएको हो । आज विहान सवा ९ बजेतिर शव भेटिएको थियो ।

घर्तीमगरका आफन्तले शव भेटिएको जानकारी गराएपछि प्रहरी घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रकाश भुसालले जानकारी दिए । शवको पोष्टमार्टम भई आफन्तले बुझेका भुसालको भनाई छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !