नेपाल समाजवादी पार्टीको अध्यक्षमा भट्टराई र यादव, प्रदेश इन्चार्ज पनि तोकियो
काठमाडौं । नेपाल समाजवादी पार्टीको अध्यक्षमा डा. बाबुराम भट्टराई र महिन्द्र राय यादव चयन भएका छन् ।
पार्टीको प्रथम पूर्ण बैठकले भट्टराईलाई एक नम्बर वरीयताको अध्यक्षमा र दोस्रो अध्यक्ष यादवलाई बनाएको हो । सह-अध्यक्षमा गंगानारायण श्रेष्ठ चयन भएका छन् । उपाध्यक्षमा हिसिला यमी, भक्तबहादुर शाह, दुर्गा सोव र महासचिवमा रमेशप्रसाद यादव चयन भएका छन् ।
बैठकले ९ जना केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ । प्रदेश १ मा राजेन्द्रकुमार किराती, मधेश प्रदेशमा देवेन्द्र यादव, बागमती प्रदेशमा अक्कलबहादुर थिङ, गण्डकी प्रदेशमा मोतिप्रसाद पंगाली, लुम्बिनी प्रदेशमा कमलप्रसाद खनाल, कर्णाली प्रदेशमा देवीबहादुर बुढाथोकी, सुदूरपश्चिम प्रदेशमा जनक शाह, गैरभौगोलिक विशेष प्रदेशमा ईश्वर रिजाल र प्रवास विशेष प्रदेशमा घमानसिं गुरुङले इन्चार्जको जिम्मेवारी पाएका छन् ।
बैठकले हाल १८९ सदस्यीय केन्द्रीय सदस्य बनाएको छ ।








