१३ बैशाख २०८१, बिहिबार

भीरकोटमा नियम विपरित पोशाक खर्च वितरण

प्रकाशित मिति :  7 August, 2022 11:37 am


स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकाले ९ जना व्यक्तिहरुलाई नियम विपरित पोशाक खर्च गरेको पाइएको छ । महालेखा परीक्षकले सार्वजनिक गरेको ५९ औँ वार्षिक प्रतिवेदका अनुसार पालिकाले स्वीकृत दरवन्दी बेगर नियुक्ति भएका ९ जना कर्मचारीलाई ९ हजार ९०० रुपैँयाका दरले ८९ हजार १०० रुपैँया पोशाक खर्च भुक्तानी गरेको जनाएको छ । महालेखाले सो रकम असुल गर्न भनेको छ ।

नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७४ बैशाख २१ को निर्णयअनुसार करारका कर्मचारीलाई आर्थिक वर्ष २०७४।७५ बाट लागू हुने गरी सालवसाली रुपमा एक पटक चैत्र महिनामा पोशाक भत्ता निजामति कर्मचारीले सरह उपलब्ध गराउनुपर्ने छ ।

नेपाल सरकार सामान्य प्रशासन मन्त्रालयले मिति २०७४ बैशाख २५ गते परिपत्र गरेकोमा नगरपालिकाले स्वीकृत दरवन्दी वेगर करार सेवामा लिई निर्णय विपरित गरेको पोशाक खर्च भुक्तानी असुल गर्न महालेखाले सुझाव दिएको छ ।



प्रतिक्रिया दिनुहोस !