अभियान लघुवित्त वित्तीय संस्थाको आईपीओमा झण्डै २४ गुणा बढी आवेदन
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमा झण्डै २४ गुणा बढी आवेदन परेको छ । साउन १८ गतेदेखि निष्काशन गरेको शेयरमा करिब २४ गुणा बढी आवेदन परेको हो ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार २० लाख ४३ हजार २० जना आवेदकबाट २ अर्ब ३१ करोड १६ लाख १९ हजार रुपैयाँ बराबरको २ करोड ३१ लाख १६ हजार १९० कित्ता शेयरको लागि आवेदन परेको छ । यो लघुवित्तले निश्काशन गरेको कुल ९ लाख ७५ हजार कित्ता शेयरको २३.७० गुणा बढी हो ।
लघुवित्तले निस्काशन गरेको कुल ९ लाख ७५ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी ९ लाख १३ हजार ७५० कित्ता शेयर सर्वसाधारणको लागि बाँडफाँट हुने संस्थाले जनाएको छ ।
हाल लघुवित्तको चुक्ता पूँजी १५ करोड २५ लाख रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी २५ करोड रुपैयाँ पुग्नेछ ।








