१२ श्रावण २०८१, शनिबार

प्रचण्डको भिडियो सन्देश : घरभित्रै बसेर कोरोना विरुद्धको लडाईंमा साथ दिनुस् (भिडियोसहित)

प्रकाशित मिति :  28 March, 2020 2:54 pm


काठमाण्डौं, १५ चैत । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घरभित्रै बसेर कोरोना भाइरस विरुद्धको लडाईंमा सरकारलाई साथ दिन आग्रह गरेका छन् ।

शनिबार प्रचण्डले भिडियो सन्देश जारी गर्दै आम नागरिकलाई घरमै बस्न र सुरक्षित रहन आग्रह गरेका हुन् । मानव जातिलाई नै नयाँ चुनौति र नयाँ शिक्षा दिईरहेको र विश्वव्यापी रुपमा फैलिएको भाइरसलाई रोक्न सरकारले गरेको लकडाउनको पूर्ण पालना गर्न आग्रह गरेका छन् ।

अध्यक्ष प्रचण्डले आधिकारिक सूचना र शिक्षाले मात्रै जोखिमबाट जोगिन सकिने भएकाले सरकार र विश्व स्वास्थ्य संगठनले जारी गरेका आधिकारिक निर्देशन तथा आचारसंहितालाई गहिरो गरि आत्मसाथ गर्न आग्रह गरेका छन् ।

उनले चिकित्सक स्वास्थयकर्मी र सुरक्षाकर्मीको मनोबल उच्च बनाउन र उपचारको व्यवस्था थप प्रभावकारी बनाउन सरकारलाई आग्रह समेत गरेका छन् । प्रचण्डले तीनै तहका सरकार र पार्टीका सदस्यहरुलाई यसविरुद्धको लडाईंमा सावधानीपूर्वक नेतृत्व गर्न आह्वान समेत गरेका छन् ।

प्रचण्डले दैनिक ज्यालादारीबाट जीविकोपार्जन गर्ने जनताको खाद्यान्न लगायतको व्यवस्थापनमा आवश्यक सहयोग र राहत प्याकेजमा सरकारको ध्यान जाने विश्वास समेत व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !