नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)द्वारा कपिलवस्तुका सामुदायिक क्याम्पसमा तालाबन्दी
प्रकाशित मिति : 8 August, 2022 1:29 pm
कपिलवस्तु । नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) कपिलवस्तुले कपिलवस्तुका सबै सामुदायिक क्याम्पसहरूमा एकैदिन तालाबन्दी गरेको छ ।
पब्लिक क्याम्पस संघ, कपिलवस्तुले दुई हप्ता अघि कपिलवस्तुका पब्लिक क्याम्पसहरूले लिदैँ आएको मासिक शुल्क रू। ९७५/– प्रतिमहिनाबाट वृद्धि गरेर रू.१५००/– पुराएको विरोधमा अखिल क्रान्तिकारीले तालाबन्दी गरेको हो ।
वृद्धि गरिएको शुल्क खारेज गर्न माग गर्दै संगठनले लुम्बिनी प्रदेशका शिक्षा मन्त्री बसुद्दीन खाँलाई ज्ञापनपत्र पेश समेत गरेको थियो । तर कुनै सुनुवाइ नभएको भन्दै क्रान्तिकारीले आज सबै सामुदायिक क्याम्पसमा तालाबन्दी गर्नुपरेको अखिल (क्रान्तिकारी) कपिलवस्तु संयोजक लक्ष्मी खनालले बताइन् ।








