७ बैशाख २०८१, शुक्रबार

पेनडाउन गरेर सिंहदरबार भित्रका कर्मचारी आन्दोलित, भोलि देशभरका नासु कार्यालय नजाने

प्रकाशित मिति :  8 August, 2022 1:46 pm


काठमाडौं । सिहंदरबारभित्रका निजामती कर्मचारीहरू आन्दोलित भएका छन् । सोमबार मन्त्रालयभित्र आन्दोलित नासु (नायक सुब्बा) कर्मचरीले आज पेन डाउन गरेका छन् भने भोलीदेखि देशभरका नासु कार्यालय उपस्थित नहुने बताएका छन् ।

‘नासु बचाऊ अभियान’को नेतृत्वमा आज ‘पेन डाउन’ गरिएको निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले बताए ।
अर्थ मन्त्रालयले बजेट घोषणाविपरीत असमानरुपले तलब वृद्धि गरेको, तल्लो तहको भन्दा उच्च तहको कर्मचारीहरूको तलब धेरै वृद्धि गरेको हुनाले आन्दोलन गर्न बाध्य भएको भट्टराईले बताए ।

नासुभन्दा माथिल्लो तहका कर्मचारीको तलब बढेपनि त्योभन्दा तल्लो तहका कर्मचारीको तलबमान कम भएपछि आन्दोलन गर्नुपरेको निजामति कर्मचारी संगठनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले बताए ।

उनि भन्छन्ः “सरकारले प्रस्तावित संघीय निजामति ऐनमा आफूहरुको माग सम्बोधन नगरेपछि आजदेखि औपचारिकरुपमा आन्दोलन सुरु गरेका हौं ।”

उनीहरुले नासुमा काम गरेको १० वर्ष पुगेकालाई एक तह, १० वर्षभन्दा बढी काम गरेकालाई दुई तह बढुवा गर्ने व्यवस्था गर्नुपर्ने माग राखेका छन् ।



प्रतिक्रिया दिनुहोस !