१४ बैशाख २०८१, शुक्रबार

स्याङ्जामा मतदाता नामावली संकलनमा ६ हजार मतदाता थपिए

प्रकाशित मिति :  8 August, 2022 1:48 pm


स्याङ्जा । स्याङ्जामा २०७९ असार १ गतेदेखि सञ्चालित मतदाता नामावली संकलनमा ६ हजार ४ सय मतदाता थपिएका छन् ।

जिल्ला निर्वाचन कार्यलयका अनुसार जिल्ला बाहिरबाट नाम सार्ने र सच्चाउनेको विवरण आउन बाँकी छ । यो संख्या भनेको जिल्लामै फोटो खिचाउने र मतदाता नामावलीमा नाम चढाउनेको मात्र हो ।

बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा स्याङ्जामा २ लाख ४० हजार ५३५ मतदाता थिए । योसँगै अब बाहिरी जिल्लाबाट थपिनेबाहेक २ लाख ४६ हजार ९३५ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

सरकारले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेसँगै साउन १९ गतेदेखि मतदाता नामावली संकलन कार्य स्थगित गरेको छ ।



प्रतिक्रिया दिनुहोस !