७ बैशाख २०८१, शुक्रबार

नर्भिक अस्पतालले बनाएको भवन २४ घण्टाभित्र हटाउन मेयर बालेन शाहको निर्देशन

प्रकाशित मिति :  8 August, 2022 2:23 pm


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले थापाथलीस्थित नर्भिक अस्पतालले पश्चिम तर्फ बनाएको संरचना २४ घण्टाभित्र हटाउन निर्देशन दिएका छन् ।

सोमबार एक सूचना जारी गर्दै महानगरले नेपाल सरकारको नाममा दर्ता कायम रहेको कित्ता नम्बर २०५८ क्षेत्रफल १–८–१–१ जग्गा हस्पिटलले लिजमा लिई उक्त जग्गाको पश्चिम तर्फ निर्मित संरचना (क्यान्टिन भवन लगायत) सम्झौता विपरित भएको हुनाले हटाउन निर्देशन दिएको हो ।

अस्पतालले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको भन्दै ती संरचना २४ घण्टाभित्र हटाउन मेयर साहले निर्देशन दिएका हुन् ।

यदि अस्पतालले २४ घण्टाभित्र घर टहरा हटाउन र नहटाए नियम अनुसार कारबाही गरिने जारी सूचनामा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !