१२ बैशाख २०८१, बुधबार

बर्दियामा हिरासतबाट फरार अभियुक्त पक्राउ

प्रकाशित मिति :  8 August, 2022 4:17 pm


बर्दिया । बर्दियामा हिरासतबाट फरार अभियुक्त पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाद्वारा पक्राउ गरी अनुसन्धानका क्रममा हिरासतमा राखिएका बाँके खुजुरा–८ का अब्दुल खाँ साउन ९ गते फरार भएका थिए ।

खाना खुवाउने समयमा ड्युटीमा रहेका प्रहरीलाई झुक्याई उनी फरार भएका थिए ।
फरार खाँलाई आज बर्दियाको बढैयाताल गाउँपालिका –२ स्थिति नेपाल भारत सीमा नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाँले जनाएको छ ।

खाँलाई हिरासतमा राखेर थप अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी सूर्यप्रकाश सुवेदीले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !