६ बैशाख २०८१, बिहिबार

पछिल्लो २४ घण्टामा ९३४ जना कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु

प्रकाशित मिति :  8 August, 2022 4:37 pm


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३५१ जनाको एन्टिजेन र पीसीआर परीक्षण गर्दा ९३४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २ हजार ८६२ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जना र २ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३६ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ६८६ पुगेको छ । जसमध्‍ये ५ हजार ५०९ जना होम आइसोलेसनमा रहेका छन् भने १७७ जना संस्थागत आइसोलेसनमा, ४७ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएका छन् ।

स्वाथ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ४७० जना कोरोना संक्रमित संक्रमणमुक्त भएको छन् । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३५ हजार ६७२ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !