८ बैशाख २०८१, शनिबार

२० दिनमा वाणिज्य बैंकको निक्षेप ९५ अर्ब रुपैयाँले घट्यो

प्रकाशित मिति :  8 August, 2022 6:28 pm


काठमाडौं । वाणिज्य बैंकहरूबाट २० दिनमा ९५ अर्ब रुपैँया निक्षेप घटेको छ । असार मसान्तमा ४५ खर्ब ४१ अर्ब रुपैँया निक्षेप रहेको थियो । साउनको पहिलो हप्तामा नै ६३ अर्ब रुपैँया निक्षेप घटेको थियो भने दोस्रो हप्ता २८ अर्ब रुपैँया घटेको थियो । तेस्रो हप्तामा भने ४ अर्ब रुपैँयामात्र निक्षेप घटेको नेपाल बैकर्स संघले जनाएको छ । साउन २० गतेसम्म आइपुग्दा बैंकको निक्षेप ४४ खर्ब ४६ अर्ब रुपैँयामा झरेको छ ।

बैंकहरुले गर्ने कर्जा प्रवाह भने साउनको तेस्रो साता बढेको छ । साउन १३ गतेसम्म ४१ खर्ब ६४ अर्ब रुपैँया कर्जा प्रवाह गरेको थियो भने साउन २० गतेसम्म आउँदा २ अर्ब रुपैँयाले कर्र्जा बढेर ४१ खर्ब ६६ अर्ब रुपैँया पुगेको छ । असार मसान्तमा बैंकहरुले ४१ खर्ब ७५ अर्ब रुपैँया कर्जा प्रवाह गरेका थिए भने साउनको पहिलो हप्तामा १० अर्ब रुपैँयाले कर्जा प्रवाह घटेको थियो । बकैंहरुले कर्जा लगानी नगरे पनि बैंकहरुबाट निक्षेप बाहिरी रहेको नेपाल बैकर्स संघको तथ्यांकले देखाएको छ ।



प्रतिक्रिया दिनुहोस !