१२ बैशाख २०८१, बुधबार

आसन्न निर्वाचनका लागि नेकपा एमालेले गरायो दल दर्ता

प्रकाशित मिति :  9 August, 2022 2:39 pm


काठमाडौं । आसन्न प्रतिनिधि र प्रदेश सभा चुनावका लागि नेकपा एमालेले दल दर्ता गराएको छ । मंगलबार निर्वाचन आयोग पुगेर नेकपा एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, विष्णु रिमाल लगायतका नेताले दल दर्ता गरेका हुन् ।

संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७४ को दफा १९ बमोजिम आयोगमा दर्ता दर्ताका लागि आवश्यक कागजातसहित निवेदन दिइएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

आयोगले दल दर्ताका लागि साउन ३१ गतेसम्मको समय तोकेको छ । यसअघि आयोगमा दर्ता भएका दलहरुले पनि निवर्नाचन प्रयोजनमा भाग लिन पुन दल दर्ता गराउनुपर्ने व्यवस्था छ । आयोगमा १० औं नम्बरमा नेकपा एमालेको दल दर्ता भएको ज्ञवालीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !