७ बैशाख २०८१, शुक्रबार

कांग्रेसका लुम्बिनी प्रदेश सभापति पुनले भेटे रोल्पाका पुराना नेता बालाराम घर्तीलाई

प्रकाशित मिति :  9 August, 2022 7:07 pm



काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले रोल्पाका पुराना नेता एवं पूर्व मन्त्री बालाराम घर्तीमगरसँग भेट गरेका छन् ।

सभापति पुनले घर्तीको निवास ललितपुर सातदोबाटो पुगेर आज भेट गरेका हुन् । आगामी मंसिर ४ गते सरकारी संघ र प्रदेशको चुनाव घोषणा गरेलगत्तै पुनले राप्रपाका नेता समेत रहेका घर्तीसँग भेट गरेका हुन् ।

पूर्वराज्य मन्त्री समेत रहेका पुनले भने,“ चुनावी विषयसँग सम्बन्धित भेट पनि हो र पुराना तथा अग्रज नेता भएकाले उहाँसँग भेट गरेको हो ।”

भेटका क्रममा पूर्व मन्त्री घर्तीले आपूmलाई राजनीतिक रुपमा सफताको शुभकामना दिएको बताए । उनले भने,“नेतृत्व तहमा हुनुहुन्छ राम्रो गर्नुहोला, मेरो साथ सहयोग रहने छ भन्नुभयो र चुनावमा पनि सहयोग गर्ने भन्नुभएको छ ।”

केन्द्रमा गठबन्धन सरकार भएपनि सभापति पुन कांग्रेस र माओवादी केन्द्रबीच चुनावी गठबन्धन गर्न नहुने पक्षमा रहदै आएका छन् । स्थानीय तहको चुनावमा पनि रोल्पामा कांग्रेस र माओवादी केन्द्र छुट्टा छुट्टै चुनाव लडेका थिए ।

सभापति पुन रोल्पाबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वारका आकांक्षी हुन् ।



प्रतिक्रिया दिनुहोस !