१५ आश्विन २०७९, शनिबार

नेप्सेमा हिमालयन बैंकले २ करोड बढि कित्ता बोनस सेयर सूचिकृत

प्रकाशित मिति :  10 August, 2022 12:49 pm


काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा २ करोडभन्दा बढी कित्ता बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा आज हिमालयन बैंक लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार बैंकको २१।३८ प्रतिशत बोनस बापतको २ करोड २८ लाख ४३ हजार २ सय ४८ दशमलव ९७ कित्ता सेयर सूचिकृत भएको हो ।

हिमालयन बैंक लिमिटेडको पौष ३० गते, शुक्रबार सम्पन्न भएको उनन्तीसौँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको २१/३६ प्रतिशत बोनस सेयर र ४।६४ प्रतिशत नगद कर प्रयोजनका लागि समेत गरी कुल २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !