१४ बैशाख २०८१, शुक्रबार

बझाङमा एकै परिवारका ३ जना झुण्डिएको अवस्थामा फेला

प्रकाशित मिति :  10 August, 2022 3:03 pm


बझाङ । बझाङमा एकै परिवारका तीन जना झुण्डिएको अवस्थामा फेला परेका छन् । बुङ्गल नगरपालिका–९ घर भएका एकै परिवारका आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

बुधबार २२ वर्षीय गीता पार्की र उनका तीन वर्षीया छोरा भुपेन्द्र र पाँच वर्षीया छोरी झुन्डिएको अवस्थामा फेला परेक बझाङका प्रहरी निरीक्षक जनक ढुङ्गानाले बताए ।

उनले भने ‘एउटै परिवारका ३ सदस्य झुण्डिएको खबर प्राप्त भएको छ हामी घटनास्थल तर्फजाँदै छौं,के कति कारणले उनीहरु झुन्डिएका हुन् थप अनुसन्धान हुन्छ’ ।

उनका अनुसार उनीहरु घर नजिकै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेकोले तीन जनाको शब पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइने प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !