रोल्पा प्रदेश निर्वाचन क्षेत्र (क) को संयोजकमा पुन र क्षेत्र (ख) को संयोजकमा डाँगी चयन
रोल्पा । नेकपा माओवादी केन्द्र(माओवादी केन्द्र) ले प्रदेश निर्वाचन क्षेत्रका संयोजक चयन गरेको छ ।
जिल्ला समन्वय समितिको हिजो बसेको बैठकले प्रदेश निर्वाचन क्षेत्र (क) को संयोजकमा आस बहादुर पुन र प्रदेश निर्वाचन क्षेत्र (ख) को संयोजकमा निमकान्त डाँगीलाई चयन गरेको हो ।
पुन सुनछहरी गाउँपालिकाका निवर्तमान अध्यक्ष र डाँगी परिवर्तन गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् । बैठकले संगठन सुदृढीकरण गर्ने, प्रशिक्षण चलाउने र संगठन सुदृढीकरण तथा प्रशिक्षणलाई निर्वाचनसँग जोड्ने निर्णय भएको पुनले जानकारी दिए ।
उनले भने,“स्थानीय निर्वाचन हेर्दा मत भार बढेको देखिन्छ तर संगठनमा कतै न कतै समस्या रहँदै आयो तर अब यसलाई सुधार गर्ने गरि जाने बैठकले निर्णय गरेको छ ।”
गएको स्थानीय निर्वाचनमा ७ पालिका जितेपनि यसअघि जितेका पालिका हारेको थियो । २०७४ को स्थानीय निर्वाचनमा जितेको गंगादेव गाउँपालिका गुमाएको माओवादी केन्द्रले लुंगी्र गाउँपालिकामा जितेको थियो ।








