८ बैशाख २०८१, शनिबार

मोर्चा बनाएर एउटै चुनाव चिन्हबाट लड्न बाबुरामको प्रचण्डलाई प्रस्ताव

प्रकाशित मिति :  11 August, 2022 1:17 pm


काठमाडौं । नेपाल समाजवादी पार्टीको अध्यक्ष डा बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर मोर्चा बनाएर आगामी चुनावमा एउटै चुनाव चिन्हबाट चुनाव लड्ने प्रस्ताव राखेका छन् ।

डा बाबुरामले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेर आगामी चुनाव एउटै चुनाव चिन्ह मार्फत लड्ने प्रस्ताव गरेको स्रोतले बतायो ।

माओवादीले एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग मिलेर वाम समाजवादी मोर्चा बनाउन छलफल गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !