१३ बैशाख २०८१, बिहिबार

भारतीय सेयरबजारका विग बुल राकेश झुनझुनवालाको मृत्यु

प्रकाशित मिति :  14 August, 2022 12:05 pm


काठमाडौं । भारतमा विग बुलको उपनामले चिनिने सेयर लगानीकर्ता राकेश झुनझुनवालाको मृत्यु भएको छ । ६२ वर्षीय झुनझुनवालको उपचारको क्रममा मुम्बईको ब्रीच केन्डी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको भारतीय संचारमाध्यामले जनाएका छन् ।

सेयर बजारमा लगानी गरेका झुनझुनवालाले मात्र ५ हजार रुपैयाँबाट हजार करोडको सम्पत्ति बनाएका थिए ।

कलेज पढ्दा देखि नै सेयर बजारमा प्रवेश गरेका झुनझुनवाला ब्याचलर सक्ने बित्तिकै सेयर बजारमा सक्रियरुपमा लागेका हुन्।

सन् १९८५ मा उनले ५ हजारको लगानीबाट सेयर बजारमा प्रवेश गरेका झुनझुनवालासंग सन् २०१८ मा १ खर्ब भन्दा बढीको सम्पति रहेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्। अहिले उनीसंग झन्डै ५ खर्ब ८० अर्ब भारु बराबरको सम्पती रहेको भारतीय संचार माध्यमले जनाएका छन्।

झुनझुनवालालाई जोखिम लिएर लगानी गर्न सक्ने सेयर कारोबारीको रुपमा चिन्ने गर्दछन। उनले आफ्नो दाजुको ग्राहकहरुबाट बढी प्रतिफल दिने सर्तमा पैसा लिने गर्दथे।

सन् १९८६, मा झुनझुनवालाले टाटा टि को सेयर ४३ रुपैयाँमा खरिद गरेर प्रति कित्ता १४३ मा बिक्रि गर्दा तीन बर्षमा झन्डै २५ लाख नाफा कमाएका थिए। सम्भवतः सेयर बजारमा उनको ’नाफा’ को यात्रा नै यहिबाट सुरु भएको थियो।

अरबपति सेयर कारोबारी झुनझुनवालाले आकासा एयरलायन्सको विमानमा यहि महिना पहिलो उडान भरेका थिए। झुनझुनवालालाई त्यहि बेला सार्वजनिक रुपमा देखिएका थिए।



प्रतिक्रिया दिनुहोस !