७ बैशाख २०८१, शुक्रबार

प्रदेश र प्रतिनिधि सभा चुनावका लागि सबै भूगोलमा गठबन्धन गर्ने नेपाली कांग्रेस लुम्बिनीको निर्णय

प्रकाशित मिति :  14 August, 2022 6:48 pm


बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र राष्ट्रिय सभा चुनाव गठबन्धनका लागि स्थानीय तहको निर्वाच मतभार, पार्टी संगठनको परिस्थिति र राष्ट्रिय आवश्यकतालाई ध्यान दिएको भएको छ ।

बुटवलमा आज बसेको लुम्बिनी प्रदेश कार्यसमिति बैठकले प्रदेशका सबै भूगोलमा गठबन्धन गर्ने निर्णय गर्दै आधार तय गरेको हो । बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ,“ स्थानीय तह निर्वाचको मताभार, पार्टीको संगठनको परिस्थिति र राष्ट्रिय आवश्यकता बमोजिम लुम्बिनी प्रदेशको सम्पूर्ण भूगोलमा गठबन्धन गर्ने निर्णय गरियो ।”

बैठकले सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने निर्णय समेत गरेको छ । चुनावी माहोल सिर्जना गरेर पार्टीको स्थलगत रिपोर्टिङ्का लागि लुम्बिनी प्रदेशका ५२ वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

बैठकले स्थानीय र प्रदेश तहको समितिका लागि लेवी बढाउने निर्णय पनि गरेको छ । विधानमा तोकिएको भन्दा १२ वटा थप विभाग गठन गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुका लागि प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको सभापति अमरसिंह पुनले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !