राष्ट्रपति भण्डारीद्वारा नागरिकता सम्बन्धी संसोधन विधेयक फिर्ता
प्रकाशित मिति : 14 August, 2022 7:45 pm
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी छन् ।
प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले फिर्ता पठाएकी हुन् ।
नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधान बमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएको भन्दै राष्ट्रपति भण्डारीले फिर्ता पठाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।









