सरकारले जनताको पक्षमा कुनै काम गरेको छैन : नेम्वाङ
अर्घाखाँची । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले गठवन्धन सरकारले जनताको पक्षमा कुनै काम नगरेको आरोप लगाएका छन् ।
अर्घाखाँचीको सन्धिखर्कमा प्रेस चौतारी नेपालले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष नेम्वाङले वर्तमान सरकार अपवित्र गठबन्धनबाट बनेकोले जनताको पक्षमा कुनै काम गर्न नसकेको टिप्पणी गरे । संविधानले मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरेको उल्लेख गर्दै नेम्वाङले हरेक गठबन्धन र तालमेल संसदीय मूल्यमान्यताबमोजिम हुनुपर्नेमा जोड दिए ।
नेकपा एमालेले संसदमा विनम्रतापूर्वक सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरेको बताउदै उपाध्यक्ष नेम्वाङले प्रतिपक्षीसँग सल्लाह नगरी गरेका कतिपय महत्वपूर्ण निर्णयले संवेदनशील रहेको बताए ।
एक फरक प्रसँगमा नेम्वाङले नागरिकता विधेयकमा राष्ट्रपतिले संसदनमा पुरानावलोकनको लागि पठाएकोले तत्काल आफ्नो पार्टीले कुनै निर्णय समेत नगरेको बताए ।








